रिलायन्स लाइफको आइपिओमा कति पर्यो आवेदन ?

काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ भर्ने सोमबार अन्तिम दिन । उत्तः कम्पनीको आइपीओमा बेलुका ५ बजेसम्म ६ लाखभन्दा धेरै आवेदकले आवेदन दिएका छन्।
इन्स्योरेन्स कम्पनीको आईपीओमा ६ लाख ६ हजार ३३१ आवेदकबाट २ करोड ४१ लाख ३१ हजार ८७० कित्ता शेयर खरिदको लागि आवेदन परेको विक्री प्रबन्धक सानीमा क्यापिटलले जनाएको छ।
यो सर्वसाधारणमा बिक्रीमा ल्याइएको ५६ लाख ७० हजार कित्ताको ४.२५ गुणाले धेरै हो। इन्स्योरेन्सको सोमबारदेखि आइपीओ बिक्री बन्द भएको छ। हालसम्मको विवरणमा अझै केही बैंक मार्फत भौतिक रुपमा भरिएको आवेदनहरु थप हुनेछन्।
इन्स्योरेन्सले कुल ६३ लाख कित्ता शेयर निष्काशन गरेकोमा ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो।