अबदखि सबै अस्पतालहरुले कोरोना संक्रमित विरामीको उपचार गर्नु पर्ने

काठमाडौं – सरकारले सबै अस्पतालहरुलाई कोरोना भाइरसका संक्रमितहरुको उपचार गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई लेभलअनुसार गरिएको वर्गीकरणलाई खारेज गरेर सबै अस्पताललाई उपचार गर्न निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ती अस्पतालको वर्गीकरण खारेज गरेर सबैलाई कोभिड अस्पताल बनाइएको जानकारी दिए।
सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि जिल्ला, प्रदेश र केन्द्रीय तहमै अस्पतालहरूलाई लेभल १, २ र ३ भनेर वर्गीकरण गरेको थियो।
अब भने ती अस्पतालहरूको वर्गीकरण खारेज गरिएको छ। अब तोकिएका कोभिड अस्पतालहरूले संक्रमितलाई आफै भर्ना गरेर उपचार गर्नुपर्ने छ। यसअघि केही अस्पतालहरूले संक्रमितहरूलाई अन्य अस्पतालमा रिफर गर्दै आएका थिए।
जसले गर्दा संक्रमितहरूलाई समस्या पर्ने र सीमित अस्पतालहरूमा बेड अभाव हुने गरेको छ।