कोरोना बढेको भन्दै नगरपालिका भित्रका सबै बैंकका शाखा बन्द गर्न निर्देशन

काठमाडौं – निषेधाज्ञामा पनि जिल्ला प्रशासन कार्यालयले बैंक तथा वित्तिय संस्थाहरुलाई खोल्न पाइने गरी सूचना निकालेपछि सर्लाहीको एक नगरपालिकाले बैंकहरु नखुल्ने स्पष्ट पारेको हो । सर्लाहीको लालबन्दी नगरपालिकाले आज एक सूचना जारी गर्दै स्वास्थ्य सामाग्रीसँग सम्बन्धीत व्यवसाय बाहेक अरु कुनै पनि व्यवसाय संचालन गर्न नपाइने स्पष्ट पारेको हो ।
नगरपालिकाले कोरोना संक्रमण समुदायमा फैलिएको र एक जनाको ज्यान समेत गएकाले नगरपालिका शिल गरिएको जनाएको छ । सूचनामा बैंकका कर्मचारीमासमेत कोरोना संक्रमण देखिएकाले भदौ १२ गतेसम्म बैंकका कुनैपनि शाखा नखुल्ले जनाएको छ ।
जिल्ला प्रशासन कार्यलयको सूचनामा सुरक्षा सावधानी अपनाएर बैंक तथा वित्तिय संस्था खोल्न सकिने भनेर व्यवस्था गरेपछि लालबन्दी नगरपालिका भित्र भने यो व्यवस्था लागु नहुने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।