अबदेखि काठमाडौंका सबै वडा कार्यालयहरु बन्द, निषेधाज्ञा पनि बढाइने

काठमाडौं – काठमाडौं उपत्यकाका सबै स्थानिय तहहरु बन्द हुने भएका छन । कोरोनाको संक्रमण बढेको भन्दै भदौ १५ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुने भएका हुन ।

उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको महामारी फैलिँदो क्रममा रहेकाले भदौ १५ सम्म अत्यावश्यक बाहेकका सेवा बन्दको निर्णय भएको उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

स्थानिय प्रशासनले लगाएको निषेधाज्ञा भदौ १० गते राती १२ बजे सकिदैछ । तर स्थानिय तहले १५ गतेसम्म अत्यावस्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेर सिडिओहरुलाई निषेधाज्ञा लम्व्याउन दवाव दिएको अर्थमा बुझिएको छ ।

यस्तै अवस्था रहिरहयो भने निषेधाज्ञा थप १ हप्ता थपिने छ ।