आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाण्डौ – आज पनि सुनको भाउ घटेको छ । साताको दोस्रो दिन सोमबार सुन तोलामा ५ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले गिरावट आएको छ । यो गिरावटसँगै प्रतितोला नम्बरी सुन ९७ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ। योसँगै चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँ कायम भएको छ।

हिजो पनि चाँदीको भाउ तोलामै २५ रुपैयाँ घटेर १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।