काठमाडौंको निषेधाज्ञामा थप कडाई, तरकारी पसल पनि खोल्न नपाइने

काठमाडौं – प्रशासनले काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडाई गर्ने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी पसल खोल्नलाई निश्चित समय सीमा तोकिएको छ ।
प्रशासनले बिहान ९ः१५ बजेसम्म मात्र तरकारी पसल खोल्नका लागि अनुमति दिएको छ । यो बाहेक अन्य समयमा पसल खोलेको पाइए कारवाही गर्ने गरिने छ ।
दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले यो निर्णय गरेका हुन ।
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उनले भने, ‘अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत विक्री वितरण गर्ने पसल बिहान मात्र खोल्न दिने निर्णय भएको छ ।’
औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा निर्वाद रुपमा चलाउन सकिने भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालले बताए ।