जब ६० बर्षिया वृद्धले श्रीमती हुँदा हुँदै २३ वर्षीया युवतीसँग दोस्रो विवाह गरे

काठमाडौं – ६० बर्षिया एक बृद्धले २३ बर्षिया युवतीसँग दोश्रो विवाह गरेका छन । त्यो पनि आफ्नी पहिलो श्रीमती हुँदा हुँदै ।
यो घटना हो भारतको झारखाण्ड स्थित राजनगर जिल्लाको । यो घटनाले सबैलाई चकित पारिदिएको छ । अच्चमको कुरा त के छ भने बृद्धकी पहिलो श्रीमतीले नै आफ्नै श्रीमानको दोस्रो विवाह धुमधामका साथ गराइदिएकी हुन।
झारखण्डस्थित राजनगर जिल्लामा बसोबास गर्दै आएका ६० वर्षीया वृद्ध लानमोहन महतोले आफ्नै श्रीमतीको राजी खुशीमा दोस्रो विवाह गरेका हुन् ।
जेठी श्रीमती सरला महतोको कोखबाट छोराले जन्म नलिएपछि दम्पत्तीले दोस्रो विवाह गर्ने निर्णय गरेका थिए । सरलाबाट दुई छोरी छन् । छोराको चाहानाले नै लानमोहनले २३ वर्षीय चेलीलाई दोस्रो श्रीमतीको रुपमा भित्राएका हुन् ।
श्रीमतीले नै दोस्रो विवाह गरिदिए पछि सो विवाह हेर्न आउनेको भिड लागेको थियो ।