रिलायन्सको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं – रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीको आईपिओमा लगानीकर्ताको निकै आक्रषण देखिएको छ । कम्पनीको आईपिओमा आजसम्म २ अर्ब ४ करोड १४ लाख १९ हजार रुपैयाँ बराबरको आवेदन परको छ ।
५ लाख ३ हजार ८०२ जना आवेदकले २ करोड ४ लाख १४ हजार १९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको ३.६० प्रतिशत बढि हो ।
रिलायन्सले भदौ ४ गतेबाट १०० रुपैयाँ दरको ६३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । सामूहिक लगानी कोषलाई र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिइरहेको छन् । सर्वसाधारणले भोली सोमबार वेलुका ५ बजेसम्म आवेदन दिन सक्नेछन ।