मुख्यमन्त्रीका ड्राइभरलाई कोरोना संक्रमण पुष्टि, मन्त्रालयका सबैको स्वाव संकलन

काठमाडौं – अब कोरोना भाइरस भिआइपीहरुको नजिक नजिक पुगेको छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका गाडी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ड्राइभरका कोरोना पुष्टि भएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन् ।मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउदै आएका चालकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।

भदौ २ गते डोटी जिल्ला अस्पतालमा स्थापना भएको पीसीआर प्रयोगशालाको उद्घाटनका लागि डोटी पुगेका मुख्यमन्त्री भट्टसंगै उनको परिवारका सदस्यहरु पनि गएका थिए ।

परिवारका सदस्यहरुलाई बोकेको गाडीका चालकमा कोरोना संक्रमण देखिएको हो ।

अहिले मुख्यमन्त्री र मुख्यमन्त्रीका परिवारका सदस्यहरु, चालक, सुरक्षाकर्मी र सम्पर्कमा आएका सबै व्यक्तिहरुको स्वाब संकलनको तयारी भइरहेको बताए ।