समता लघुवित्तको लाभाँस घोषण, २६.३२ प्रतिशत बोनस दिने

काठमाडौं – समता लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफा लाभाँस घोषणा गरेको छ । लघुवित्तले गत आवसम्मको मुनाफाबाट २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
लघुवित्तले गत आवसम्मको मुनाफाबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजन सहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। भदौ ५ गते बसेको लघुवित्तको सञ्चालन समितिले यस्तो निर्णय गरेको हो ।
असार मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी १९ करोड ११ लाख १६ हजार ८०० रुपैयाँ रहेको छ। २० प्रतिशतका दरले ३ करोड ८२ लाख २३ हजार ३६० रुपैयाँ बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २२ करोड ९३ लाख ४० हजार १६० रुपैयाँ पुग्नेछ।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।