अमेरिकी डलरको मूल्य घट्यो

काठमाडौं – आज अमेरिकी डलरको मूल्य घटेको छ । अघिल्लो दिन (शुक्रबार)को तुलनामा ३० रुपैयाँले अमेरिकी डलरको मूल्य घटेको हो ।
नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ०५ पैसा निर्धारण गरेको छ । शुक्रबार खरिददर ११९ रुपैयाँ ७५ पैसा र विक्रिदर १२० रुपैयाँ ३५ पैसा निधारण भएको थियो ।
अन्तर्राष्ट्रिय लगानीकर्ताहरु डलर सञ्चयतर्फ आकर्षित हुँदा अमेरिकी डलरको मूल्य घटबढ भइरहेको छ ।