आज ४ घण्टा बत्ति अबरुद्ध हुने , यस्तो छ कारण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले आज चार घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ । नयाँ फिडर तान्नका लागि प्राधिकरणले आइतबार पुल्चोक वितरण केन्द्रबाट हुने बिजुली आपूर्ति बन्द हुने जनाएको हो ।

पुल्चोक वितरण केन्द्रदेखि टेकु रिङरोड फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

पुल्चोक फिडर अन्तर्गत बागडोल एरिया आसपास, सनराइज टावर अफ लोडल, सानेपा रिङरोड बाहिर, खाद्य गोदाम आसपास, चाइनिज क्याम्प एरिया लगायत उक्त फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका बिजुली आपूर्ति बन्द हुनेछ ।