नेपाली काँग्रेसले नेपाललाई भारतमा विलय गराउने निर्णय गरेको खुलासा (भिडियो सहित)

काठमाडौं – नेपाली काँग्रेसले नेपाललाई भारतलाई विलय गराउने निर्णय गरेको खुलासा भएको छ । नेपाली काँग्रेसको तत्कालिन पार्टी केन्द्रीय कमिटीले नेपालमा राजनीति गर्न असहज भएको भन्दै नेपाललाई भारतमा विलय गराउने निर्णय गरेको हो ।

सो पार्टीका तत्कालिन पार्टी सभापति विपी कोइरालाको प्रस्तावमा नेपाललाई भारतमा बिलय गराउने प्रस्ताव केन्द्रीय कमिटी बैठकबाट पास भएको थियो । उक्त प्रस्ताव नेपाली काँग्रेसका पुराना दस्तावेजहरुमा देखिने पुराना नेता तथा पूर्वमन्त्री खगेन्द्र जङ्ग गुरुङले दावि गरेका छन ।

भारतीयहरुलाई खुशी बनाएर नेपालमा स्थापित हुनका लागि विपी कोइरालाले यस्तो प्रस्ताव ल्याएको गुरुङको भनाई छ । तर यो प्रस्ताव भारतीयहरुले अस्वीकार गरेका थियो । भारतीय काँग्रेसकी नेतृ इन्दीरा गान्धीले विपी यो प्रस्ताप ठाडै अस्वीकार गरेको आफूलाई भनेको गुरुङको भनाई छ ।

योहो टेलिभिजनको कार्यक्रम योहो बहसमा पत्रकार जीवराम भण्डारीसँग कुरा गर्दै गुरुङले जवारला नेहरु र इन्द्रीरा गान्दीका कारण नेपाल आजसम्म अस्तित्वमा रहेको बताए । उनीहरुले नेपाललाई धेरै माया गरेको र तत्कालिन राजा महेन्द्रसँग पनि राम्रो सम्बन्ध राख्न सफल भएकाले नेपाल स्वतन्त्र देशका रुपमा अतित्वमा रहेको थियो । यी लगायत विगतमा नेपाल, भारत र चीनसँगको सम्बन्धका विषयमा गुरुङसँग भण्डारीले गरेको कुराकानी तलको भिडियोमा हेर्नुहोस् ।