४९ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा, को कहाँ सूचीसहित ?

काठमाडौं – प्रहरी प्रधान कार्यालय, नक्सालले ४९ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ ।

प्रहरी महानिरीक्षक (आइजिपी) शैलेन्द्र थापा क्षेत्रीले बिहीबार ४९ जना एसपीको सरुवा गरेका हुन । महानगरीय अपराध महाशाखाका एसपी होविन्द्र बोगटीलाई स्याङजाको प्रमुखको जिम्मेवारी दिएको छ। उनको स्थानमा बागमती ट्राफिक प्रदेशका एसपी प्रकाश रानाभाटलाई सरूवा गरिएको छ।

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता समेत रहेका एसपी बामदेव गौतमको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, कैलालीमा सरूवा भएको हो।

महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी तुलबहादुर कार्कीले नुवाकोट जिल्ला प्रमुखको जिम्मेवारी पाएका छन्। ललितपुरमा भने सिन्धुपालचोकका एसपी प्रज्वल महर्जन आउने छन्।