रिलायन्स लाइफको आईपिओ निश्कासनको पहिलो दिन, कति पर्यो आवेदन ?

काठमाडौं – रिलायन्स लाइफ इन्सुरेन्सको आइपीओ निश्कासनको पहिलो दिन २७ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको आवेदन परको छ । साँझ ४.३० बजेसम्ममा ५५ हजार २८४ जनाले २७ लाख ३० हजार १३० कित्ताका लागि आवेदन दिएका हुन ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५६ लाख ७० हजार कित्ताको ४८.१५ प्रतिशत हो । बिहीबार दिनभर मेरो सेयर नचलेका कारण लगानीकर्ताले सजिलैसँग आवेदन भर्न नपाएपछि थोरै आवेदन परेको हो ।