समृद्धि फाइनान्सको बुक क्लोजको मिति तोकियो, २०० प्रतिशत हकप्रद सेयर दिने

काठमाडौं – समृद्धि फाइनान्सको बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले जारी गर्न लागेको २०० प्रतिशत हकप्रदका लागि भदौ १२ गते बुक क्लोज हुने भएको हो ।

भदौ ११ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । समृद्धिले धितोपत्र बोडबाट १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाइसकेको छ ।

अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ छ ।

कम्पनीले यही पुँजीबाट २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि पुँजी ५४ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।