हनुमान मन्दिरका पुजारीको गन्चटमा गोली हानेर हत्या

रौतहट — रौतहटको एक मन्दिरका पुजारीको कोली हानी हत्या भएको छ । जिल्लाको माधवनारायण नगरपालिकामा एक पुजारीको बुधबार बेलका हत्या भएको हो ।
माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो । बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए ।
बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।