लिवर्टीको आईपिओ भर्नुभयो ? छैन भने भर्नुहोस एकैदिन ३ कम्पनीको आईपिओ

काठमाडौं – लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निश्कासनको आज दोश्रो दिन हो । कम्पनीले (हिजो) बुधबारदेखि सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ताको सेयर निश्कासन गरेको हो । बुधबार २८.१० प्रतिशतले यो कम्पनीको सेयर भरेका छन ।
कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम ३७ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३७ लाख ५० हजार कित्तामध्ये स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरि बाँडफाँट नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ निष्काशनमा ल्याएको हो।
प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ताका देखि अधिकतम १० हजार कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने यस अवधिमा पर्याप्त आवेदन नपरे भदौ १७ गते सम्म आवेदन खुल्नेछ।
कम्पनीले हाल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हाल उक्त आयोजनाको टनेल निर्माण तथा पेनस्टक पाईप राख्ने काम सम्पन्न भइसकेको छ भने हेडवक्र्स तथा डिसेण्डर र पावर हाउसको तथा टेलरेसको सिभिल निर्माण कार्य समेत सम्पन्न भैसकेको छ ।
यस्तै पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान कार्य कार्य अन्तिम चरण पुगेको छ । उक्त आयोजनाको निमार्ण कार्य करिब ९८ प्रतिशत सम्पन्न भएको छ भने कार्तिक मसान्त सम्मकमा आयोजनाको सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, आजैबाट समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रिलायन्स लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको आइपिओ खुलेको छ । यदी तपाईँले लिवर्टीको आईपिओ भर्नु भएको छैन भने आज एकै दिन ३ ओटा कम्पनीको आईपिओ भर्न सक्नु हुनेछ ।