घट्यो औषधिको माग

काठमाडौं – नेपालमा कोरोना संक्रमण बढ्दै जादा समग्र औषधिको माग भने घटेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न लगाएको चारमहीने लामो बन्दाबन्दी र त्रासले अस्पतालमा बहिरंग र निजी क्लिनिकको सेवा अवरुद्द हुदा माग घटेको व्याव्सायीहरु बताउदछन् ।
औषधि मागमा ७० प्र्रतिशतसम्मले कमी आएको दाबी औषधि व्याव्सायीको छ । त्यसमा पनि चिकित्सकको पे्रस्किप्सनविनै किनिने ओटीसी औषधिको विक्री ह्वात्तै घटेको व्याव्सायी बताउछन् ।
औषधि व्यावसायीका अनुसार यति बेला घाउमा प्रयोग हुने, छाला रोग, दुखाई कम गर्ने औषधि तथा एन्टिबायोटिकको माग पहिलेको तुलनामा घटेको छ । औषधि उत्पादन संघका पूर्वअध्यक्ष दीपक दाहालका अनुसार एन्टिबायोटिकको विक्री ४० प्रतिशतसम्म घटेको छ ।