सुनको मूल्य बुधबार स्थीर

काठमाडौं – भदै ३ गते बुधबार सुनको मूल्य स्थीर रहेको छ । अघिल्लो दिन मंगलबार तोलामा दुई हजार २०० ले बढेर एक लाख नाघेको सुनको मूल्य यस दिन भने स्थिर रहेको छ ।
यसरी बुधबार छापावाला सुन प्रतितोला एक लाख ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी भने बुधबार सामान्य रुपले घटेको छ । आज चाँदी तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।