समृद्धि फाइनान्सले २०० प्रतिशत राइट सेयर दिने, धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं – सम्बृद्धि फाइनान्स लिमिटेड (एसएफसीएल)ले २०० प्रतिशत राइट सेयर दिने भएको छ । नेपाल धितो विनिमय बोर्ड (सेबन)ले समृद्धि फाइनान्सको प्रस्तावित राइट सेयर स्वीकृत गरेपछि २०० प्रतिशत सेयर दिने पक्का भएको हो ।
फाइनान्स कम्पनीले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता सेयरको २०० प्रतिशत राइट सेयरका रूपमा प्रति शेयर १०० रुपैयाँका दरले अहिले कायम भएका सेयरधनीहरुलाई जारी गर्ने छ।
कम्पनीले बजार प्रबद्धकमा बिओके क्यापिटल मार्केट लिमिटेडसँग सम्झौता गरिसकेको छ ।
राइट सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी ५६ करोड भन्दा बढि हुनेछ ।