पहिरोले अर्को गाउँ बगायो, चार जनाको ज्यान गयो, १७ बेपत्ता

काठमाडौं – अछामको एउटा गाउँ पहिरोले बगाएको छ । जिल्लाको रामारोशन–३ सान्तडाको सैनीबजारको एउटा बस्ती नै पहिरोले बगाएको हो ।
पहिरोमा परि १७ जना भन्दा बढी बेपत्ता भएका छन् भने ४ जनाको मृत्यु भर्एको छ । मध्यरातमा कैलाश खोलाले सैनी बजारका घर बगाउँदा १७ जना सम्पर्कविहीन भएको र चार जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष झंकरबहादुर साउदले जनाए।
नदीले बगाएका चार शव प्राप्त भएको र ठूलो जनधनको क्षति भएको बताइको अध्यक्ष साउदको भनाइ छ।
घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकोले पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको छ अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जनाकारी दिए।