शेयरमा बुझेर मात्र लगानी गर्नुहोस्, डुबेपछि सरकारले उद्दार गर्छ भन्ने होइन : अध्यक्ष हमाल

काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बुझेर र कम्पनीबारे अध्ययन गरेर मात्र शेयरमा लगानी गर्न आग्रह गरेका छन् । नयाँ ब्रोकरहरुको स्वागतको लागि धितोपत्र ब्रोकर्स एसोसियन अफ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बोर्ड अध्यक्ष हमालले लगानीकर्ताले बुझेर लगानी गर्नु पर्ने बताएका छन् ।

उनले वित्तीय साक्षरताको अवस्था कमजोर रहेको बताउदै बुझ्ने व्यक्तिले मात्र लगानी गर्नु उपयुक्त हुने बताए । उनले भने मेरो शेयर विशेष अनुरोध रहेको छ, पौडी खेल्न नजान्ने मान्छेले पौडी खेले जस्तो गर्नु भएन, डुबेर सरकारले उद्दार गरिदिनु पर्छ भन्ने भएन , जान्ने मान्छेले मात्र लगानी गर्नु पर्छ ।

उनले अहिलेको नयाँ कानुन तथा नियमावली भित्र रहेर काम गर्नु पर्ने र लगानी कर्तालाई बढी बुझाउनु पर्ने आवश्यकता रहेको बताए । लगानीकर्तालाई बुझाउने विषयमा सबैले काम गर्नु पर्ने उनको भनाई थियो । उनले अधिक कम्पनीलाई पब्लिक कम्पनीमा जान पोत्साहन गर्नु पर्ने पनि बताएका छन् ।

उनले ब्रोकरको संख्या थपेर लागत कम गर्ने उदेश्य रहेको बताए । ब्रोकरको संख्या थपेर प्रतिस्पर्धा भएपछि लागत कम हुने र गुणस्तर बढ्ने उनको भनाई थियो । ब्रोकरले स्वस्थ प्रतिस्पर्धा गरुन् र त्यसको लाभ्लागनिकर्ताले लिउन् भन्ने बोर्डको देश्य रहेको उनले उल्लेख गरे ।

उनले आफुले सुरु गरेका केहि कामको विरोध भएपनि ति सबै काम लगानीकर्ताको हितको लागि भएको प्रष्ट पारे । उनले कुनै पनि नीति पर्फेक्ट नहुने भन्दै हरेक नीतिले कोशीलाई फाइदा र कोहिलाई घाटा गर्ने जिकिर गरेका छन् ।