सूर्योदय वोमी लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था (SWMF) को बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको ११ लाख ८७ हजार ९७७.१८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको बताएको छ ।
लघुवित्तले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिने छ ।