सुनचाँदीको भाउ घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं – सुनचाँदीको भाउमा लगातार गिरावट देखिएको छ । साउन २४ गते, बुधबार सुन तोलामा १०० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले सस्तिएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ निरन्तर तीन दिनदेखि घटिरहेको छ । मंगलबार पनि सुन प्रतितोला ३०० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । तीन दिनमा सुन ५०० रुपैयाँले गिरावट भएको हो ।

चाँदीको मूल्य भने लगातार दोश्रो दिन घटेको हो । बुधबार चाँदी तोलामा १० रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३९० रुपैयाँमा किनबेच भइरहेको छ ।
अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।