प्रि ओपन सेसन अपडेटः आज १ अंकले घट्यो नेप्से

काठमाडौं – बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार २८.४० अंक घटेर २०१९.८५ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१३ अंक घटेर २०१८.७२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा १२ स्टकको १६ लाख १७ हजार १७८ रुपैयाँ ५० पैसाबराबरको ३ हजार २४७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।