काठमाडौंमा उपत्यकामा एक हप्ते निषेधाज्ञा, सेयर बजार खुल्छकी खुल्दैन ?

काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक हप्ताका लागि निषेधाज्ञा लागु गर्ने निर्णय गरेका छन । आज राती १२ बजेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी हुने छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले एक हप्ताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको हो।
संक्रामक रोग ऐन २०२० को दफा २ एवम् न्याय प्रशासन ऐन २०२८ को दफा ६ (३)बमोजिम भदौ ३ गते राति १२ देखि १० गते रातिसम्म निषेधाज्ञा जारी गरिएको काठमाडौं प्रशासनले जनाएको छ।
यो निषेधाज्ञामा औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन भनिएको छ।
यो निषेधाज्ञामा सेयर बजार भने खुल्लै रहने जनाइएको छ । विभिन्न खालका सरकारी कार्यलयहरु खुल्ला हुने भएपछि सेयर बजार पनि खुल्ने नेप्सेले जनाएको छ ।
सेयर कारोबार पूर्ण रुपमा अनलानबाट हुने भएकाले निषेधाज्ञाले खासै फरक नपर्ने नेप्से श्रोतले जनाएको छ । यद्येपी सेयर बजार खोल्ने की नखोल्ने भनेर नेप्सेले आज निर्णय गर्ने छ ।