डिजेलको मूल्य बढ्दा ग्याँसको घट्यो, भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोल

काठमाडौं – भारतीय आयल निगम (आइओसी)ले पेट्रोल तथा डिजेलको मूल्य बढाएर नयाँ सूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको हो ।
नेपाल आयल निगमले दुई हप्ता अगाडिबाट स्वचालित प्रणाली अनुसार मूल्य समायोजन गर्ने प्रणालीको शुरुवात गरेको हो । नयाँ मूल्य सूची अनुसार पेट्रोल र डिजेलको मूल्य पनि समायोजन हुने छ ।
भारतीय आयल निगमले हरेक १५ दिनमा नयाँ मूल्य सुची पठाउने गर्दछ । नयाँ मूल्य सूची अनुसार ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिब १ सय रुपैयाँ घटेर आएको छ । पछिल्लो पटक आयल निगमले ग्याँसमा प्रति सिलिन्डर १० रुपैयाँ घटाएकोमा अब नयाँ मूल्य झनै घटेर प्रकाशित गर्नेछ । भारतले अन्तर्राष्ट्रिय बजारमा भएको तेलको मूल्य घटबढ अनुसार नै नयाँ मूल्य पठाउने गरेको छ ।
अहिले डब्ल्युटीआई कच्चा तेलको मूल्य ८१ डलर प्रति ब्यारेल र ब्रेन्ट आयलको ८५ डलर प्रति ब्यारेल पुगेको छ । कच्चा तेलको मूल्य ६९ डलर प्रति व्यारेलसम्म झरेको थियो ।