नयाँ पत्रिकाका मालिकको घरमा नेकपाले गाड्यो झण्डा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले नयाँ पत्रिका दैनिकका कार्यकारी निर्देशक शुशील थापाको घरमा झण्डा गाडेको छ । भूमाफियासँग मिलेर सर्वसाधारण जनताको घरजग्गा कब्जा गरेको भन्दै शोमबार नेकपा काठमाडौं जिल्ला नम्बर २ ले बूढानीलकण्ठस्थित थापाको घरमा झण्डा गाडेको हो ।

नेकपाले काठमाडौंको बरमहलमा रहेको ७ करोड पर्ने १० आना २ दाम १ पैसा घरजग्गा २ करोड रुपैयाँमा आफ्नो परिवारको नाममा नामसारी गरेको आरोप लगाउँदै घरमा झण्डा गाडेको हो । महाराजगञ्जबाट ¥यालिसहित गएको जुलुसले घर घेराउ गर्दै कम्युनिस्ट पार्टीको भण्डा फहराएको थियो ।

घरमा झण्डा गाडिएपछि ¥याली कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर २ इन्चार्ज चिरञ्जीवी सीले सर्वसाधारण जनतालाई ठगेर उठिवास नलगाउन चेतावानी दिएका थिए । उनले यस्ता ठगहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेका थिए ।

थापाले प्रभु बैंकको मिलेमत्तोमा ढुवानी व्यवसायी ज्ञान गोबिन्द वैद्यको सम्पत्ति कब्जा गरेका थिए । तत्कालिन किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीको मिलेमत्तोमा कानुनी प्रक्रिया मिलाई थापाले आफ्नो नाममा नामसारी गरेको पीडितको भनाई छ । पीडित बैद्यले आफूलाई जानकारी नगराई भूमाफिया तथा बैंकका प्रोमोटर मधुसूदन सिलवाल, बैंकका तत्कालिन सीईओ कमल ज्ञवाली र पत्रिकाका कार्यकारी निर्देशक थापाले प्रभु बैंकको केन्द्रीय कार्यालय पछाडिको घर खाईदिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए ।

उक्त किष्ट बैकबाट लिएको तीन करोड पटक–पटक गरि ४२ लाख ब्याज तिर्दातिर्दै पनि एक बर्ष सात महिनाभित्रै बैंकले लिलाम गरिदिएको थियो। बैंकले पिडित वैद्यलाई जानकारीसमेत नगराई पत्रिकाका कार्यकारी निर्देशक थापालाई लिलाम गरेको थियो।