क्रेष्ट माइक्रो लाइफको कारोबार शुरु, कारोबार सुरु गर्ने लघु बीमा कम्पनीको संख्या तीन पुग्यो

काठमाडौं – क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आज साउन १० गतेदेखि औचारिक कारोबार शुरुवात भएको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेललेबाट कम्पनीको व्यवसायिक कारोबारको शुरुवात भएको हो ।
कम्पनीले कर्णाली प्रदेशको विरेन्द्रनगर,सुर्खेतबाट औपचारिक कारोबारको शुरुवात गरेको छ । यससँगै लघु बीमा कम्पनीहरुको संख्या चार पुगेको छ । यस अघि नेपाल माइक्रो इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले कारोबार शुरु गरिसकेका छन् ।
प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स,नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिएको छ । त्यस मध्ये नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स व्यवसायिक कारोबार थालेका हुन् ।
सुदूरपश्चिमको धनगढीमा केन्द्रिय कार्यालय रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स पनि भोली साउन ११ गतेदेखि व्यवसायिक कारोबार थाल्ने भएको छ ।
प्राधिकरणबाट आशयपत्र पाएपनि लिबर्टी माइक्रो लाइफ, ट्रष्ट माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सले भने पूँजी जुटाउन सकेका छैनन् ।