काठमाडौं उपत्यकामा कफ्र्यू लगाउने निर्णय

काठमाडौं – काठमाडौं उपत्यकामा एक हप्ताका लागि कफ्र्यू लाग्ने भएको छ । तीन वटै जिल्लामा बुधबार रातिदेखि कफ्र्यू लाग्ने भएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।

निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।