केन्द्रिय बैंक आज मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौं – नेपालको केन्द्रिय बैंक अर्थात नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आज (साउन ७ गते) आइतबार सार्वजनिक गर्ने भएको छ। यसका लागि अहिले राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसिरहेको जनाएको छ ।

बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा मौद्रिक नीतिमाथि छलफल भइरहेको सञ्चालक समितिको एक सदस्यले जानकारी दिएका छन् । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार साँझ सञ्चालक समितिको बैठक आइतबार बिहान डाकेको उनको भनाइ छ। राष्ट्र बैंकको बोर्ड बैठकले पारित गरेपश्चात सो मौद्रिक नीति सार्वजनिक गरिने उनले बताएका छन् ।