प्रविधिको प्रयोग गरेर लागत घटाउन बोर्ड अध्यक्ष हमालको सुझाव, नयाँ ब्रोकर क्यापिटल म्याक्सको कारोबार शुरु

काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सशक्त बन्ड मार्केट बनाउन वल्र्ड बैंकसंग सहकार्य हुन लागेको बताएका छन् । नयाँ ब्रोकर क्यापिटल म्याक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
यस्तै उनले पूँजी बजारलाई प्रतिस्पर्धी बजार बनाउन आग्रह गर्दै सेवाको विस्तारमा जोड दिनु पर्ने आवश्यकता औल्याए । पूँजी बजारमा हुने लागतमा कमी ल्याउन धेरै संघर्ष गर्नुपरेको बताउँदै उनले प्रविधिको प्रयोग गरेर लागत घटाउन आग्रह गरेका छन् । शुक्रबार बोर्डका अध्यक्ष हमालबाट क्यापिटल म्याक्स (६२) को औपचारिक कारोबार शुरुवात भएको हो ।