चीनले पनि तयार पार्यो कोरोना विरुद्धको खोप, कति छ बजार मूल्य ?

काठमाडौ – चीनको जनमुक्ति सेनाले कोरोना भाइरस विरुद्धको खोप तयार पारेको छ । जनमुक्ति सेनाको प्रत्यक्ष संलग्नतामा निर्माण भएको उक्त खोप दोश्रो चरणको ट्रायल समाप्त पारेर तेश्रो चरणमा प्रदेश गरेको ।
तेश्रो चरणको परिक्षण विभिन्न देशहरुमा गरिने भएको छ । त्यसको लागि औषधि उत्पादक कम्पनीलाई प्रयाप्त मात्रामा औषधि उत्पादन गर्न अनुमति दिएको चीनियाँ संचार माध्ययामले जनाएका छन ।
केही महिनामै सार्वजनिक उपयोगका लागि बजारमा आउने उक्त खोपको बजार मूल्य डेढ सय अमेरिकी डलर बराबर पर्ने छ । भ्याक्सिन उत्पादन गर्ने चिनियाँ कम्पनी साइनोफार्मका अनुसार एक व्यक्तिका लागि दुई डोज लगाउनु पर्ने छ ।