बजेट कार्यान्वयनको लागि अर्थ मन्त्रालयले जारी गर्यो ८१ बुँदे मार्गदर्शन

काठमाडौं – अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गरेको जनाएको छ । विनियोजन ऐन, २०८० सङ्घीय संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेकोले अर्थ मन्त्रालयले आज बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गरेको हो।

मार्गदर्शन जारी गर्दै अर्थ सचिव अर्जुन पोखरेलले सरकारी रकम विनियोजन भएका निकायहरूमा रकम प्रचलित कानून बमोजिम खर्च गर्नेरगराउने, लेखा राख्ने, प्रतिवेदन गर्ने र लेखापरीक्षण गर्ने र गराउने समेतको जिम्मेवारी पूरा हुने विश्वास लिएको जनाएका छन् ।

बजेटले लिएका उद्देश्य प्राप्तिको लागि उपलब्ध हुने स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्ने विश्वास मन्त्रालयले लिएको उनले उल्लेख गरेका छन् ।

समग्र वित्तीय अनुशासन कायम गर्दै बजेट निकासा, खर्च र नियन्त्रण लगायत वित्तीय उत्तरदायित्व कायम गर्न विनियोजन ऐन, २०८०, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र नियमावली, २०७७ को अनिवार्य रुपमा परिपालन गर्ने गराउने विश्वासका साथ विनियोजन ऐन, २०८० को दफा ९ को उपदफा ९१० बमोजिम बजेट कार्यान्वयन सम्बन्धमा मार्गदर्शन प्रेषित गरेको सचिव पोखरेलले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मार्गदर्शनमा भएका ८१ बुँदा कार्यान्वयन गर्नु पर्ने उल्लेख गरिएको छ।

यहाँ क्लिक गरेर मार्गदर्शनको पूर्णपाठ हेर्न सकिन्छ