अरुण काबेली पावरको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावर लिमिटेड (AKPL) को बोनस शेयर सूचीकृत भएको जनाएको छ । कम्पनीको १८ लाख ५५ हजार २११ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।