मौद्रिक नीतिबारे गभर्नर र अर्थमन्त्रीसँग छलफल गर्दै अर्थ समिति

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बिहिबार मौद्रिक नीतिबारे छलफल गर्ने भएको छ। अर्थ समितिको बैठक बिहान ११ बजे बोलाईएको छ ।

बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन, मौद्रिक नीतिका उपकरणहरु र तिनीहरुको प्रवृत्ति लगायतका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थ मन्त्रालयसँग छलफल गरिने उल्लेख गरेको छ। नेपाल राष्ट्र बैंकले साउन पहिलो सातासम्ममा चालु आर्थिक वर्षको लागि मौद्रिक नीति ल्याईसक्नु पर्ने व्यवस्था रहेको छ ।