बैंकको ऋण तिर्न नपुग्ने भएपछि बलेफीले गर्यो हकप्रद संशोधन

काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशनको दर संशोधन गरेको छ। बैंकको ऋण तिर्न नपुग्ने भएपछि कम्पनीको साउन २ गते बसेको सञ्चालक समितिको बैठकले सो दर संशोधन गरेको छ ।

कम्पनीले अब १ बराबर १ अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। यस अघि कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको थियो। सो निर्णय अनुमोदन गर्नका लागि कम्पनीको आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने जनाएको छ।