सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-३ नेप्सेमा सूचीकृत

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-३ सूचीकृत भएको छ । कोषको ८ करोड ५ लाख ८० हजार इकाई आइतबार सूचीकृत भएको हो ।
सामूहिक लगानी कोष (इकाई) धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार सो बराबरको इकाई नेप्सेमा सूचीकृत भएको हो । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि वैशाख १० गतेसम्म सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-३ को प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरले हुन आउने १२ करोड इकाई बिक्री खुल्ला गरेको थियो । त्यस मध्ये ८० करोड ५८ लाख रुपैयाँ बराबरको ८ करोड ५ लाख ८० हजार इकाई मात्रै नेप्सेमा सूचीकृत भएको छ ।
कोषको इकाईलाई नेप्सेले प्रति इकाई न्युनतम १० रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि रेन्जमा भोली सोमबारदेखि दोस्रो बजारमा इकाई खरिद बिक्री गर्न सकिनेछ । नेप्सेले दोस्रो बजार कारोबारमा लागि एसआईजीएस-३ (SIGS3) कारोबार संकेत प्रदान गरेको छ ।