आज सुनको भाउमा गिरावट, चाँदी भने स्थिर

काठमाडौं – असार महिनाको अन्तिम दिन, सुनको भाउमा गिरावट देखिएको छ । असार ३१ गते, आइतबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ । यस दिन चाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँमा र तेजाबी सुन एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । शुक्रबार सुन तोलामा १०० रुपैयाँले सस्तिएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा झरेको थियो।
आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँ कायम रहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन पनि चाँदी यसै मूल्यमा खरिदबिक्री भएको थियो । शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले बढेको थियो ।