प्रि ओपन सेसन अपडेटः १ अंक बढ्यो नेप्से

काठमाडौं – साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १२.६२ अंक घटेर २०८४.९३ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७४ अंक बढेर २०८५.६८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०३ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा ७ स्टकको ९४ हजार १४२ रुपैयाँ बराबरको ४५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।