१० हजार ११५ ले मात्रै शेयर पाउने, कुथेली बुखरीको आईपीओमा ११ लाख बढीको आवेदन

काठमाडौं – कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले असार २६ गतेदेखि आज २९ गतेसम्म निष्काशन गरेको आईपीओमा ११ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अन्तिम दिन (शुक्रबार) साँझ ५ः०४ बजेसम्ममा ११ लाख ८ हजार २३२ जना आवेदकबाट १ अर्ब १८ करोड ९० लाख ६ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ९० हजार ६० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणको लागि निष्काशन गरेको १ लाख १ हजार १५१ कित्ता शेयरको ११७.५४ गुणा बढी हुन आउँछ । कम्पनीले आफ्नो जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको २० प्रतिशत अर्थात २ लाख ४३ हजार ७३५ कित्ता शेयर साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।
जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई जारी पूँजीको १० प्रतिशत अर्थात १ करोड २१ लख ८६ हजार ८०० रुपैयाँ बराबरको १ लाख २१ ह्जार ८६८ कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख २१ हजार ८६७ कित्ता शेयरको १० प्रतिशत अर्थात १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको १२ हजार १८६ कित्ता शेयर गरी कुल १ लाख ३४ हजार ५४ कित्ता शेयर निष्काशन गरी बाँडफाँड समेत गरि सकेको छ ।
सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, सामूहिक लगानी कोष तथा कर्मचारीहरु समेत) को लागि छुट्याइएको १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँ बराबरको १ लाख २१ हजार ८६७ कित्ता शेयर मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १२ हजार १८६ कित्ता, सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ६ लाख ९ हजार ३०० रुपैइाँ ६ लाख ९३ कित्ता कित्ता र र कम्पनीमा कार्यरत कर्मचारीहरुकोलागि २ प्रतिशत अर्थात २ हजार ४३७ सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १० हजार ११५ जनाले मात्रै शेयर पाउने भएको छ ।