मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने रवि लामिछानेको चेतावनी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले विधेयक कार्यसूचीमा नआएकोमा विरोध जनाएका हुन् । शुक्रबारको कार्यसूची प्रभावित हुन नदिने उल्लेख गर्दै उनले अर्को प्रतिनिधिसभाको बैठकमा मिटरब्याज सम्बन्धी विधेयक ल्याउन अनुरोध गरेका छन् । रास्वपा मिटर ब्याजबाट पिडित भएका नागरिकहरूको पक्षमा रहेको भन्दै लामिछानेले यो विधेयक यथाशिघ्र सदनमा ल्याउन आह्वान गरेका हुन् ।
लामिछानेले भने, कार्यसूचीमा मिटर व्याज अध्यादेश वा मिटर व्याज पिडितहरूको विषयमा आज किन आएन ? कसका कारणले रोकियो ? राष्ट्रिय स्वतन्त्र पार्टि मिटर ब्याजबाट पिडित भएका समपूर्ण नागरिकहरूको पक्षमा छ । सरकारलाई यो विधेयक यथाशिघ्र सदनमा ल्याउन आह्वान गर्न चाहन्छ ।
लामिछानेले थपे, हामी यो विधेयक सदनमा ल्याउन माग गर्छौ । पीडितलाई न्याय दिलाउँन फास्ट ट्रयाकमा ल्याएर १५ प्रतिस्थापन विधेयक मार्फत दिन सकिन्छ । कसको स्वार्थले कसका कारणले मिटर व्याजको पिडामा परेका नागरिकको पक्षमा रहेको यो विधेयकलाई संसदमा ल्याइएनरु यो सदनलाई जानकारी हुनुपर्छ ।
तर आगामी बैठकमा मिटरव्याज पिडितकालागि भनेर सरकारले ल्याउन खोजेको र शून्यमा गएको, त्यसलाई फेरि व्युँताएर यदि कार्यसूचीमा राखेन र विधेयक ल्याइएन भने रास्वपा सदन चलन नदिने उभिनेछ, उनले चेतावनी दिएका छन् ।