अभियान लघुवित्तको साधारण सभा सम्पन्न, दुई जना सञ्चालक सर्वसम्मत चयन

काठमाडौं – अभियान लघुवित्त वित्तीय संस्था (AVYAN) को तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । अषाढ २८ गते बिहिबार पनौती स्थित ताम्राकार पार्टी भेन्यूमा लघुवित्तको सभा सम्पन्न भएको हो ।
लघुवित्तका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सञ्चालन भएको सभामा का।मु प्रमुख कार्यकारी अधिकृ रोशनकुमार अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै लघुवित्त क्षेत्रको वर्तमान अवस्था, विद्यमान समस्या बारे जानकारी गराएका थिए ।
सभाले सर्वसाधारण शेयरधनीहरुबाट उमेश दाहाल र नारायण प्रसाद प्रसाईलाई सञ्चालक समितिमा सर्वसम्मत चयन समेत गरेको छ ।