करिब २ वर्षपछि समाज लघुवित्तको शेयर कारोबार फुकुवा

काठमाडौं – करिब २ वर्ष पछि बल्ल समाज लघुवित्त वित्तीय संस्था (SAMAJ) को शेयर कारोबार फुकुवा भएको थियो । दोस्रो बजारमा कारोबार नआउदै स्वस्तिक लघुवित्तसँग मर्जर सम्बन्धी सम्झौता भएपछि शेयर कारोबार हुन सकेको थिएन् ।
बल्ल आज असार २८ गते (बिहीबार) नेप्सेले लघुवित्तको आधारभुत शेयरधनी बाहेकका शेयरधनीहरुको धितोपत्र कारोबार फुकुवा गरेको हो ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली अनुसार कम्पनीको आधारभुत शेयरधनी बाहेकको शेयरधनीहरुको धितोपत्र कारोबार फुकुवा गरेको जनाएको छ । त्यस अनुसार कम्पनीको शेयर, आइतबार देखि दोस्रो बजारमा किनबेच गर्न सकिने छ ।