फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य

काठमाडौं – नेपाल आयल निगमले फेरी पेट्रोलियम पद्धार्थको मूल्य बढाएको छ । आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैंयाँले बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैंयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९१ रुपैंयाँ पुगेको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छैन।