नेपाल माइक्रो इन्स्योरेन्सको व्यवसायिक कारोबार शुरुवात, लघु बीमा कम्पनी २ वटा पुग्यो

काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्सले आज असार २८ गते बिहीबार देखि व्यवसायिक कारोबारको शुरुवात गरेको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलबाट कम्पनीको व्यवसायिक कारोबारको शुरुवात भएको जनाएका छन् ।

यससँगै लघु निर्जीवन बीमा कम्पनीहरुमा कारोबारको शुरुवात गर्ने नेपाल माइक्रो इन्स्योरेन्स पहिलो कम्पनी बनेको छ । चितवनको भरतपुर केन्द्रिय कार्यालय रहेको कम्पनीले लघु निर्जीवन बीमालेख बिक्री गर्ने छ ।

लघु बीमा कम्पनीहरुमा भने व्यवसायिक कारोबारको शुरुवात गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो कम्पनी हो । यसअघि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले कारोबार शुरु गरिसकेको छ ।

प्राधिकरणले हालसम्म चार लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गरेको छ । प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स,नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिएको छ ।

त्यसमध्ये व्यवसायिक कारोबार गर्नेमा नेपाल माइक्रा इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ मात्रै रहेका छन् । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स पनि व्यवसायिक कारोबार गर्ने अन्तिम तयारी रहेका छन् ।

तर प्राधिकरणबाट आशयपत्र पाए पनि लिबर्टी माइक्रो लाइफ, ट्रष्ट माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सले भने पूँजी जुटाउन सकेका