टिएमएसमा समस्या, शेयर कारोबार हुन सकेन

काठमाडौं – बुधबार बिहानैदेखि ब्रोकरहरुको टिएमएसमा समस्या आउदा शेयर बारोबार ठप्प भएको छ। बुधबार बिहानैदेखि शेयर कारोबार हुन सकेको छैन्।

नेप्सेको सिस्टम ठिक भए पनि ब्रोकरबाट अर्डर आउन नसकेको नेप्सेको प्रबक्ता मुराहरि पराजुली बताउँछन्। ूटिएमएसमा समस्या आएको कारण कारोबार हुन सकेको छैन। समस्या सामाधान गरी केहि समयमानै कारोबार सुचारु हुनेछू उनले भने।

टिएमएसमा सबै कम्पनीको शेयरमूल्य शतप्रतिशतले घटेको देखिएको छ। मंगलबारदेखि नै टिएमएसमा समस्या देखिएको भए पनि बुधबार कारोबार खुल्दा समेत उक्त समस्या सामाधान हुन सकेको छैन। यसले गर्दा अहिले शेयर कारोबार बन्द भएको जनाएको छ ।