मन्त्रीमण्डल पुनर्गठन हुँदै, को बन्दैछन् नयाँ अर्थमन्त्री ?

काठमाडौं – भदौ पहिलो साता मन्त्रीमण्डल पुनर्गठन हुने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक शक्ति सन्तुलन मिलाउन मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको हो ।

लामो समयदेखि विवादमा रहेको नेकपाको विवाद मिलाउन बनेको कार्यदलले मन्त्रीमण्डल पुनर्गठनका लागि सिफारिस गर्ने निर्णय गरेसँगै यस्तो कुरा बाहिर आएको हो । कार्यदलको सिफारिस अनुसार मन्त्रीमण्डलसँगै मुख्यमन्त्री पनि हेरफेर गर्नपर्ने छ ।

तत्कालीन एमालेबाट भीम रावल, सुरेन्द्र पाण्डे, सोम प्रसाद पाण्डे र नारदमुनि राना मन्त्री बन्नेछन भने तत्कालिन माओवादी केन्द्रबाट जनार्दन शर्मा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, पम्फा भुसाल, टोपबहादुर रायमाझी थपिने छन् ।

माओबादीको कोटाबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा (बादल), उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, वन मन्त्री शक्ति बस्नेत र शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई विदा गर्ने तयारी भइरहेको छ । त्यस्तै एमालेको कोटाबाट मन्त्री बनेका अर्थमन्त्री डा. युवराज खतिवडा, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लगायतलाई विदा गरिदैछ ।

अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा नयाँ अर्थमन्त्रीको रुपमा सुरेन्द्र पाण्डेलाई ल्याउने तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीका विश्वास पात्रका रुपमा चिनिएका अहिलेका अर्थमन्त्री खतिवडा कानुनी रुपमा भदौ उता मन्त्री बन्न नपाउने भएपछि उनको ठाउँमा पूर्वअर्थमन्त्री पाण्डेलाई ल्यान लागिएको हो ।

कार्यदलले तयार पारेको प्रस्तावमा बागमती, गण्डकी, प्रदेश एक र पाँचका मुख्यमन्त्रीहरुमध्ये २ जनालाई विदा गर्नुपर्ने उल्लेख छ । कार्यदलले ल्याएको प्रस्ताव पार्टीको सचिवालय र स्थायी कमिटीले अनुमोदन गरेमा बागमती, गण्डकी, प्रदेश एक र पाँच नम्बरका मुख्यमन्त्रीमध्ये २ जना फेरिने छन् ।

बाग्मतीमा डोरमणि पौडेलको ठाउँमा अष्टलक्ष्मी शाक्यलाई ल्याउने लगभग पक्का जस्तै छ भने एक नम्बरमा शेरधन राईको ठाउँमा भीम आचार्य आउनेसक्ने सम्भावना रहेको नेकपा निकट श्रोतको दावि छ । तर प्रदेश १ का मुख्यमत्री शेयरधन राई राष्ट्रिपति विद्यादेवि भण्डारीको कोटाबाट मुख्यमन्त्री बनेका कारण उनको पद सुरक्षित रहेको बुझिएको छ । शेयरधन राईको सट्टामा केपी ओली खेमाका प्रदेश ५ का मुख्यमन्त्री संकर पोखरेललाई विदा गर्न ओलीले आफू निकटस्तहरुसँग भन्ने गरेको बालुवाटार श्रोतको भनाई छ ।

यता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शंकटको बेलामा ओलीलाई ठूलो सहयोग गरेका कारण उनको पद पनि सुरक्षित रहनेछ ।