प्रि ओपन सेसन अपडेटः साढे १ अंक बढ्यो नेप्से

काठमाडौं – मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ०.८० अंक घटेर २०७६.९६ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२८ अंक बढेर २०७८.०६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३१ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ११ स्टकको १ लाख २६ हजार ५१८ रुपैयाँ ५० पैसा बराबरको २९५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको बताएको हो ।